आज पनि तोलामा ३०० रुपैंयाले घट्यो सुनको मुल्य

खबर खुराक
८ साउन २०८०

८ साउन, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

हिजो आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।