बजारमा वस्तु र सेवाको माग खस्किएसँगै यो वर्ष आयात १६ प्रतिशतले घट्यो

खबर खुराक
८ साउन २०८०

८ साउन, काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको आयात ३ खर्ब ३ खर्ब ९ अर्बले आयात घटेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले विदेशबाट १६ खर्ब ११ अर्ब रुपैयाँको आयात गरेको छ ।भन्सार विभागले गत आर्थिक वर्षभरिको तथ्याङ्क सार्वजनिक गर्दै आयात ३ खर्बभन्दा धेरैले घटेको जानकारी दिएको हो ।

जुन, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्बको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष १६ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको मंसिरसम्म १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध र बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा मागमा आएको गिरावटले आयात घटेको भन्सार विभागका अधिकारी बताउँछन् । यस्तै, विगतका वर्षहरुमा मलेसिया, इन्डोनेसियालगायतका देशमा पाम, सूर्यमुखी तेललगायतका सामान ल्याउँदै भारत निकासी गर्ने क्रम बन्द हुँदा गत वर्ष निर्यातसमेत घटेको छ ।