घट्यो सुनको मुल्य

खबर खुराक
१२ साउन २०८०

१२ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज ९ सय रुपैयाँले घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।