घट्यो सुनको मुल्य

खबर खुराक
१५ साउन २०८०

१५ साउन, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्यमा उक्त गिरावट आएको जानकारी दिएको हो ।

आइतबारको तुलनामा ३०० रुपैयाँले घटेपछि आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।