आर्थिक वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन

खबर खुराक
१५ साउन २०८०

१५ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०/८१ को साउन १५ गतेसम्ममा कूल २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ ।

राजस्वतर्फको दुई शीर्षक भन्सार राजस्व र गैर–राजस्वमार्फत क्रमशः १६ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र ९४ करोड ८२ लाख रुपैयाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व, गैर राजश्व, भन्सार शुल्क गरी साउन १५ गतेसम्ममा कूल २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको हो ।

आर्थिक वर्षका २०८०/८१ लागि कूल १७ खर्ब ५१ अर्ब ३१ लाख २१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले खर्च व्यहोर्ने स्रोतमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।