तोलामा ४०० रुपैयांले बढ्यो सुनको मुल्य

खबर खुराक
१६ साउन २०८०

१६ साउन,काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक हजार ४७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।