भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मुल्य

खबर खुराक
१६ साउन २०८०

१६ साउन, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले पठाएको मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ ।