खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर १३० रुपैयाले घट्यो
![खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर १३० रुपैयाले घट्यो](https://khabarkhurak.com/wp-content/uploads/2023/08/gas-1.jpg)
१७ साउन, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर रु १३० का दरले घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो ।
निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।
यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस