सुनचादीको मुल्य स्थिर

खबर खुराक
१९ साउन २०८०

१९ साउन, काठमाडौं । सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेर करोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।