सुनको मुल्य बढ्यो

खबर खुराक
२१ साउन २०८०

२१ साउन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गएको शुक्रबार उक्त सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँ तोकिएको थियो ।