२०७ अंकले घट्यो नेप्से

खबर खुराक
२३ साउन २०८०

२३ साउन, काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट भएको छ । मौद्रिक नीतिपछि लगातार घट्ने क्रममा रहेको सेयर बजार परिसूचक नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार २८.४० अंकले गिरावट हुँदा २०१९.८५ मा बन्द भएको छ ।

७ साउनमा मौद्रिक नीति आएपछि ८ साउनबाट घट्न लागेको नेप्से गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण पनि सकारात्मक नआउँदा लागतार घट्दै गएको छ । मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार घटाउने बताएको थियो । तर, सोही दिन गभर्नर महाप्रसाद अधिकारीले सबै कर्जाको नभई ५० लाखसम्मको कर्जाको मात्रै जोखिम भार घटाउने बताएपछि ८ साउनदेखि नै नेप्से घट्न लागेको थियो ।