दोहोरो अंकले बढ्यो नेप्से

खबर खुराक
२८ साउन २०८०

२८ साउन, काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा पुगेको छ । २७१ धितोपत्रको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर तीन अर्ब एक करोड ९४ लाख ६० हजार ५१२ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले बढेर ३९८.०७ को बिन्दु कायम भएको छ । थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० अंकले बढेर सकारात्मक सर्किट लागेको छ । १३ वटा उपसमूहमध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चारवटा उपसमूहको समूहगत सूचक घटेको छ ।

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सेयर मूल्य पहिलो कारोबार दिन नै नकारात्मक सर्किट लागेर बन्द भएको छ । असार ३१ मा आईपीओ बाँडफाँट भएपछि बिहीबार लिस्टिङ भएर आजदेखि कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबार दिनमै ९.९९ प्रतिशतले घटेको छ ।