तोलामा २०० रुपैयाँले बढ्यो सुनको मुल्य

खबर खुराक
२९ साउन २०८०

२९ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।