डिजेलको मुल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो

खबर खुराक
३१ साउन २०८०

३१ साउन, बुटवल । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेल १६७ पुगेको छ । बढेको मूल्य बुधबार एक बजेदेखि लागू हुने छ । ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार निगमले मूल्य बढाएको हो ।