घट्यो सुनचाँदीको मुल्य

खबर खुराक
३१ साउन २०८०

३१ साउन,काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।