नेप्से २०.३१ अंकले ओरालो लाग्यो, कारोबार रकम १ अर्ब ६७ करोड

खबर खुराक
३१ साउन २०८०

३१ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा पनि घटेको छ । बुधबार २०.३१ अंकले बजार ओरालो लागेको हो ।

साताको चौथो कारोबारको दिन सेयर कारोबार मापक नेप्सेमा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ । कुल ३४ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको सेयर मूल्य घटेको छ । बजार २० अंकले बजार घट्दा १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ ।

सनराइज फोकस्ड इक्विटी फण्ड, बलेफी हाइड्रो, स्वरोजगार लघुवित्त, थ्रीस्टार र कुमारी बैंकको म्युचल फण्ड उच्च कमाउने कम्पनीमा परेका छन् । माउन्टेन हाइड्रो, स्वेत गंगा हाइड्रो, धौलागिरी लघुवित्त, एनआईबीएल ग्रोथ फण्ड, मिरमिरे लघुवित्त लगायतका कम्पनी भने गुमाउनेमा परेका छन् । मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २ हजार ४५‍‍.४४ विन्दुमा बन्द भएको थियो ।