रेमिट्यान्स २१.२ प्रतिशत बढ्यो, एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब

खबर खुराक
१ भदौ २०८०

१ भदौ, काठमाडौं । आर्थिक वर्ष  २०८०/८१  मा रेमिट्यान्सको आप्रवाह अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २१.२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्समा सुधार देखिएको छ ।