घट्यो सुनको मुल्य

खबर खुराक
३ भदौ २०८०

३ भदौ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलाको एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।