सेयर बजारमा दोहोरो अंकको वृद्धि

खबर खुराक
५ भदौ २०८०

५ भदौ, काठमाडौं । सबै उपसूचक हरियो भएका दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १७.६९ अंकले बढेको बजार २०१५.९८ विन्दुमा पुगेर रोकियो । यो ०.८८ प्रतिशतको वृद्धि हो ।

मंगलबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै वित्त उपसूचक (२.२१ प्रतिशत) का लगानीकर्ताले कमाएका छन् । मंगलबार २७७ धितोपत्रको ३४ हजार ५०८ वटा कारोबार हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार कुथेली बुखारी स्मल हाइड्रोको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो । यसमा ९.९८ प्रतिशतको वृद्धि भएको हो । इङ्वा हाइड्रो, माइखोला हाइड्रो, मकर जितुमाया सुरी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोसहितको धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, आईसीएफसी फाइनान्स डिभेञ्चर, वीन नेपाल लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।