नेप्से सूचक २९ अंकले बढ्यो

खबर खुराक
६ भदौ २०८०

६ भदौ, काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २९.४७ अंकले वृद्धि हुँदा २०४५.४५ को विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो ।

गत सोमबार २ महिनापछि २ हजारको विन्दुबाट झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो । मौद्रिक नीतिपछि निराश लगानीकर्ता १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बढ्दा थप निराश भएका थिए । जसले गर्दा मौद्रिक नीति सार्वजनिक भएको ७ साउनमा २२२७ को विन्दुसम्म पुगेको नेप्सेमा करिब २३० अंकको गिरावट भयो । तर, मंगलबारदेखि भने नेप्से पुनः बढ्न सुरु भएको छ ।

बुधबार नेप्सेमा ४४ हजार ३४० वटा कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५१ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये घोराही सिमेन्टको सर्वाधिक ७ करोड ५८ लाखको कारोबार हुँदा सोल्टी होटलको ७ करोड ६ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाखको सेयर कारोबार भएको छ