सुनचाँदीको मुल्य स्थिर

खबर खुराक
८ भदौ २०८०

८ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।