भिजन लुम्बिनीलाई आईपीओ निष्कासन अनुमति

खबर खुराक
९ भदौ २०८०

काठमाडौं, भाद्र ९  । नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ३८ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३८ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्ने छ । त्यसपछि मात्र सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ निष्कासन गर्नेछ ।

यस कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।