खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर १३० रुपैयाले घट्यो

खबर खुराक
१७ साउन २०८०

१७ साउन, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर रु १३० का दरले घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो ।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।

यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो ।