८ वर्ष लामो अवधिमा १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

खबर खुराक
२६ साउन २०८०

२६ साउन, काठमाडौँ । सरकारले ८ वर्ष लामो अवधिमा १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुलाई ऋणपत्रमा लगानी गर्न आह्वान गरेको छ ।

यही साउन २९ गते बिक्री हुने विकास ऋणपत्रका लागि इच्छुक लगानीकर्ताहरुले साउन २८ गते आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । सोही दिन ३ बजे सार्वजनिक बोलकबोलमार्फत ऋणपत्रको बाँडफाँड हुने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिदकर्ताले लगानीको ब्याज अर्धवार्षिक अर्थात् ६/६ महिनामा पाउनेछ भने एकमुष्ट सावाँ भुक्तानी २०८८ साउन २९ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तो ऋणपत्र आवश्यक पर्दा खरिदकर्ताले धितोको रुपमा समेत राख्न सक्छन् ।