महानगरको गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु : मेयर बालेन शाह

खबर खुराक
१६ भदौ २०८०

१ साउन, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले काठमाडौं महानगरको गाडी सरकारबाट रोकिए आगो लगाइदिने बताएका छन्।

शनिबार साँझ सामाजिक संजाल मार्फत एक स्ट्याटस लेख्दै उनले महानगरको गाडी सरकारबाट रोकिए आगो लगाइदिने धम्की दिएका हुन्।

उनले लेखेका छन् ‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

उनले सन्दर्भ भने खुलाएका छैनन्।