बढ्यो सुनचाँदीको मुल्य

खबर खुराक
१८ भदौ २०८०

१८ भदौ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

छापावाल सुन तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार उक्त सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।