तोलामा ३०० रुपैयाँले घट्यो सुनको मुल्य

खबर खुराक
१९ भदौ २०८०

१९ भदौ, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ थियो ।