पाथिभरा मन्दिरमा ४७ देशका मुद्रा सहित गत वर्ष ३ करोड १९ लाख भेटी संकलन

खबर खुराक
१९ भदौ २०८०

१९ भदौ, काठमाडौं ।आर्थिक वर्ष २०७९–८० मा ताप्लेजुङको  प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा  तीन करोड १९ लाख १६ हजार ८०० भेटी संकलन भएको हो। समितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ।

समितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ।

नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार ४९८, सिक्का सटहीबाट आठ लाख १५ हजार ६००, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार ४०० तीन र भेटीवापतको भारु १० लाख ८४ हजार ३०० संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने दुई करोड १४ लाख भेटी संकलन भएको थियो । उहाँले समितिको कोषमा रु सात करोड ८८ लाख १० हजार २०५ जम्मा रहेको बताए। पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए।

भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले संकलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्यांकी बनाउने निर्णय पनि गरेको छ।