नबिल बैंकले ल्यायो तिज विशेष अफर

खबर खुराक
१९ भदौ २०८०

१९ भदौ, काठमाडौं । तिज पर्वलाई लक्षित गर्दै नबिल बैंकले महिला ग्राहकका लागि विशेष अफर ल्याएको छ । ‘नबिल प्रिमियम नारी बचत खाता’ खोलेबापत अफरअन्तर्गत ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको अफरअन्तर्गत ग्राहकले आउँदो असोज १५ गतेसम्म सो खाता खोली सुविधा प्रयोग गर्न सक्नेछन् ।

हाल नबिल बैंकले २६५ शाखा कार्यालय र २९८ एटीएममार्फत सेवा दिँदै आएको जनाइएको छ ।