२९ अंकले घट्यो नेप्से

खबर खुराक
२१ भदौ २०८०

२१ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेर बन्द भएको छ ।

सबै समूह घटेसँगै परिसूचक २८.९२ अंकले घटेको छ । परिसूचक १९३२.४५ विन्दुमा बन्द भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक २.५२ प्रतिशतले घटेको छ ।

यस दिन एक अर्ब १५ करोड रूपैयाँको सेयर कारोबार भएको छ । आज दिनभरिनै नेप्से ओरालो लागेको थियो ।

घटेको बजारमा सर्वाधिक कमाउनेमा शुभम् पावर लिमिटेड रहेको छ । यो समूहको परिसूचक १० प्रतिशत अर्थात ६२ रुपैयाँ ८० पैसा वृद्धि भएर प्रतिकित्ता ६९१ रुपैयाँमा कारोबार भएको छ ।

बाराही हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७१ प्रतिशतले घटेर ३१६ रुपैयाँमा करोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये लिवर्टी इनर्जी कम्पनीको कारोबारले सबैभन्दा बढी हिस्सा ओगटेको छ । यो कम्पनीको ६ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२७६ धितोपत्रको ३७ लाख ६९ हजार ३३ कित्ता खरिद–बिक्री भएको छ ।