एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

खबर खुराक
२५ भदौ २०८०

२५ भदौ, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार र तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।