खुला दूध बेच्नेलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न महानगरको सूचना

खबर खुराक
२८ भदौ २०८०

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसलहरुलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न सूचना जारी गरेको छ
। महानगरपालिकाले बुधबार सूचना जारी गर्दै खाद्य ऐन २०२३ अनुसार मापदण्ड कायम गरेर व्यवसाय दर्ता गर्न भनेको हो ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. अवधेश झाका अनुसार काठमाडौं महानगरमा ८० प्रतिशत दूधको खपत खुला रुपमा हुने बिक्रीले धानेको छ ।