अपानिबारे खनाल : यसमा कसैको पनि सहमति छैन

खबर खुराक
२९ भदौ २०८०

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको बताएका छन् ।

शुक्रबार राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको कदम खतरनाक भएको बताए ।  पार्टीको कुनै कमिटीमा छलफल नगरी जारी भएको भन्दै उनले भने, ‘यो एकदम खतरनाक कुरा हो, कसैको पनि सहमति छैन ।’