नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनीत

खबर खुराक
४ असोज २०८०

काठमाडौँ, ४ असोज । नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।  सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह
(रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकअघि देउवाले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । मनोनीतमध्ये भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए ।  कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पार्टी कार्यालय सानेपामा सुरु हुँदैछ ।