ड्रोन उडाएर एमाले बागमती प्रदेशको अधिवेशन उद्घाटन

खबर खुराक
८ असोज २०८०

काठमाडौ, ८ असोज । ड्रोन उडाएर एमाले बागमती प्रदेशको अधिवेशन उद्घाटन नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ ।

काठमाडौंकाे भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् । मङ्गलवार अधिवेशनको बन्द सत्रसँगै नयाँ नेतृत्व चयनका लागि प्रत्रिया सुरु हुने एमाले नेताहरूले बताएका छन् ।