निर्माण व्यवसायीको ६ अर्ब दसैंअघि नै भुक्तानी हुने

खबर खुराक
२ कार्तिक २०८०

काठमाडौँ, २ कात्तिक । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरूको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विभिन्न मन्त्रालय अन्तर्गतका परियोजनामा अघिल्लो आवको दायित्व भुक्तानी निकासा दिने निर्णय भएको जानकारी दिएका छन् ।