संघिय संसदका महासचिव डा.भरतराज गौतमले दिए राजीनामा

खबर खुराक
२५ मंसिर २०८०

२५ मंसिर, काठमाडौं । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आइतबार नै आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको जानकारी सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले दिनुभयो ।

यस्तै, उहाँले के कारणले राजीनामा दिनुभएको हो, त्यो भने खुलेको छैन र राजीनामाबारे औपचारिक जानकारी सचिवालयलाई पनि प्राप्त भएको छैन ।