शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा : राष्ट्रपति

खबर खुराक
१७ पुष २०८० १३:२७

१७ पुस,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा मङ्गलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् ।’’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *