टन्सिल के कारण ले लाग्छ ? घरेलु उपचार कसरी गर्ने ?

खबर खुराक
२४ पुष २०८०

२३ पुस, काठमाडौं । घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बिचमा एक ग्रन्थी हुन्छ । जसबाट पाचक र रोग निरोधक रस निस्किन्छ, यसलाई टन्सिल भन्ने गरिन्छ ।

म्यारिल्याण्ड विश्वविद्यालयका अनुसार टन्सिलबाट लिम्फोसाइट मानोसाइट कोषको निर्माण हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतामा विषेश भूमिका खेलेको हुन्छ । यी कोषका कारण हाम्रो शरीरमा हुन सक्ने संक्रमणबाट जोगाउँछ ।

घाँटी दुख्ने, कान दुख्ने, खाना निल्न असजिलने हुने, घाँटीको माथिल्लो भागमा स–सना घाउ आउने र यस्ताखाले विभिन्न संक्रमण भएर घाँटी सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ । जसले गर्दा टन्सिल वरिपरी पिप जम्मा भएर वाथ ज्वरो आउने लगायत विभिन्न समस्या हुन सक्ने डाक्टर बताउँछन् ।

ग्रन्थीले राम्रोसँग काम गर्न नसक्दा बालबालिकामा शारीरिक र मानसिक समस्या देखिन्छ । यस्तै वयस्क उमेरमा पनि ग्रन्थीको असन्तुलित अवस्थाका कारण रक्तअल्पता, शारीरिक दुर्वलता, स्मरणशक्तिमा ह्रास आउने गर्छ ।

प्राय यो समस्या खानपानमा ख्याल नदिँदा देखिन्छ । धरै चिसो र धेरै तातो, अत्याधिक मात्रामा गुलियो र अमिलो पर्दाथ सेवनका कारण पनि टन्सिलाइटिस हुने डाक्टर बताउँछन् ।

टन्सिल बिग्रिएमा कारण शरीरमा आयोडिनको कमी भएर गलगाँड जस्ता समस्या देखिने गर्छ । टन्सिललाई वेवास्ता गरियो भने यसले जटिलता निम्त्याउँछ । त्यसलै टन्सिलको शंका हुने बित्तिकै विषेशज्ञलाई देखाउनु पर्छ ।

टन्सिलाइटिसको घरेलु उपचार

टन्सिलाइटिसका बिरामीले अमिलो, पिरो, गुलियो, माछा, मासु खानु हुँदैन
मनतातो पानी पिउने, नुनपानीले गरारा गर्ने ,कुल्ला गर्ने
गाँजरको जुस पिउने गर्नुपर्छ
नुन मिसाइएको चियाको सेवनले टन्सिलमा राहात मिल्छ ।
एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ ।
कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।
हर्बल चिया पनि टन्सिलको उपचारको राम्रो उपाय हो ।