लोकसेवाले खुलायो नायब सुब्बाको लागी आवेदन

खबर खुराक
२६ पुष २०८०

२५ पुस,काठमाडौं । लोकसेवा आयोगले २९१ जना नायव सुब्बाका लागि आवेदन माग गरेको छ । जसमध्ये धनकुटाका लागि ५३, जलेश्वरका लागि ३४, काठमाडौँका लागि ८८, पोखराका लागि ३३, बुटवलका लागि ३६, सुर्खेतका लागि २०, दिपायलका लागि २३ र राष्ट्रिय मानव अधिकार आयोगका लागि ४ जना रहेका छन् ।

आयोगले माघ १६ गतेसम्म आवेदन दिने मिति तोकेको छ भने प्रथम पत्रको परीक्षा फागुन  २६ गते हुने जनाएको छ ।