पश्चिमी वायुको प्रभाव

यी स्थानमा हुनेछ आगामी तीन दिन वर्षा र हिमपात

खबर खुराक
२९ पुष २०८० १०:४८

काठमाडौं, २९ पुस । नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आगामी तीन दिन पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ।

राती कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार र मंगलबार  देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार गण्डकी ,कोशी र बाग्मती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशि र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाग्मती, कर्णालि र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशि र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा र बाग्मती, कर्णालि र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *