क्षेत्रपाटिबाट हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड रुपैयासहित ३ जना पक्राउ

क्षेत्रपाटीमा कपडा पसल चलाउने अग्रवाल अवैध सुनको कारोबारमा पनि संलग्न रहेको आशंका

खबर खुराक
५ माघ २०८० १२:०८

५ माघ, काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागकाे टाेलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो ।

क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले खबरखुराकलाई जानकारी दिए । उनका अनुसार अग्रवाल कपडा व्यवसायी पनि हुन् ।

ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।

 



प्रतिक्रिया