मुगुमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु

खबर खुराक
११ माघ २०८० १३:४८

११ माघ, मुगु ।  जिल्लाको सोरु गाउँपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ ।

भाइरल ज्वरोले सोरु गाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र  २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरु गाउँपालिका– ६ जिमा गाउँका कर्णजित बुमीले राससलाई बताउनुभयो ।

जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।

गाउँभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उहाँले गुनासो गर्नुभयो । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उहाँले बताउनुभयो ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट  सोरु गाउँपालिका, पुरुमुरु र जिमा गाउँका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।

जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिनुभयो । उहाँले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुचि हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुन् भन्नुभयो । रासस



प्रतिक्रिया