राष्ट्रिय सभा चुनाव

कोशीमा कांग्रेसका कृष्ण सिटौला विजयी

माओवादीकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका सिटौला भने विजयी

खबर खुराक
११ माघ २०८० १७:५०

विराटनगर, ११ माघ । राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट कोशीमा उम्मेदवार बनेका कृष्ण सिटौला विजयी भएका छन् । सत्ता गठबनन्धबाटै उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका सिटौला भने विजयी भएका हुन् ।

पछिल्ला दुई २०७५ र २०७९ का प्रतिनिधिसभामा लगातार झापा ३ बाट राप्रपका राजेन्द्र लिङ्देनसँग पराजित सिटौला यसपटक संसद् प्रवेश गर्नका लागि राष्ट्रिय सभाको बाटो रोजेका थिए ।

 



प्रतिक्रिया