घटना

धादिङमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किएर ६ जना घाइते

खबर खुराक
१२ माघ २०८० ११:५५

१२ माघ, धादिङ । धादिङमा तीन वटा मोटरसाइक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मालिंगामा बिहीबार राति साढे ९ बजे काठमाडौंबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०२-००३ प ६२०१, बा ८३ प ८९६० नम्बरको मोटरसाइकलसँग बिपरित दिशाबाट आउदै गरेको बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा तीन वटै मोटरसाइकलका चालक र पछाडि बसेकाहरू घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सन्तुलाल जैसवारका अनुसार दुर्घटनामा ६२०१ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको टोखा नगरपालिका-२ का २८ वर्षीय विजय डंगोल र पछाडि ‍सवार ४६ वर्षीय मिना डंगोल घाइते भएका छन्।

त्यस्तै ८९६० नम्बरको मोटरसाइकलका चालक टोखाकै २८ वर्षीय विवेक तामाङ र पछाडि सवार २४ वर्षीया विनिता डंगोल ८५५९ नम्बरको मोटरसाइकलका चालक धादिङको गजुरी गाउँपालिका-२ का २६ वर्षीय सुदिप खरेल र बेनिघाट रोराङ गाउँपालिका-३ का १५ वर्षीय कर्म प्रजा घाइते भएका छन्।

खरेलको बिएन्डबी अस्पतालमा र अन्यको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको डिएसपी जैसवारले जानकारी दिए ।



प्रतिक्रिया