गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवन

गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न छिट्टै टेण्डर आह्वान गरिने

खबर खुराक
२३ माघ २०८० १६:३५

 २३ माघ, चितवन । बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ । रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने गरी प्रक्रिया सुरु गरेको छ ।

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले मंगलबार रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रिया सुरु गर्न लागेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार रंगशाला निर्माणको पहिलो चरणको कामका लागि टेण्डर आह्वान गर्ने अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि सम्पूर्ण डकुमेन्ट र अरु प्रक्रिया पूरा गरिएको उनको भनाइ छ ।

 



प्रतिक्रिया