‘एक चिहान’ नाटक बुटवलमा मञ्चन हुने

खबर खुराक
१ फागुन २०८० १०:४१

बुटवल, ०१ फागुन। लेखक ह्रदय चन्द्रसिह प्रधान तथा निर्देशक नकुल पौडेलको नाटक ‘एक चिहान’ फागुन पहिलो साता बुटवलमा मंचन हुने भएको छ । रागश्री संगितालयको आयोजना तथा बुटवल पाथ वेको प्रायोजनमा फागुनको ३ देखि ५ गतेसम्म नाटक मंचन हुने भएको हो ।
सोमबार पत्रकार सम्मेलन गरि संगितालयका अध्यक्ष सुरेश सेन्चुरीले विद्यार्थीहरुलाई लक्षित गरि नाटक मंचन गर्न लागेको बताए । यसअघि बौलाहाकाजीको सपना समेत नाटक देखाउदा धेरैको माग अनुसार तयारी गरि कक्षा १२ को नेपाली पाठ्यक्रममा रहेको एक चिहानलाई मंचनको तयार गरेको उनले बताए । काठमाडौ १५१ पटक मंचन भएको तथा नारायणगढ लगायत देशका धेरै स्थानमा देखाइएको यो बुटवलमा मंचन गर्न लागेको उनले बताए ।
कार्यक्रममा संगितालयका सदस्य माधव भण्डारीले बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा ३ दिनसम्म चल्ने बताए । कलाकारहरु १६ जनामध्ये ११ जना काठमाडौबाट आउने उनले बताए । एक पटकमा ८ सय क्षमता रहेको हलमा डेढ घण्टाको नाटक दैनिक ३ शो देखाईने उनले बताए । दैनिक बिहान साढे ८, दिउँसो १ र ४ बजे गरि ३ शो गरिने छ ।



प्रतिक्रिया