पाल्पामा जिप दुर्घटना

खबर खुराक
१ फागुन २०८० १८:३९

पाल्पा ।  पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका भएकाे स्थानीयले बताए  ।  दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ । (स्राेत: माधव अर्याल/पाल्पा)

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।



प्रतिक्रिया