आठ जनामध्ये तीन जनाको पहिचान

पाल्पा जिप दुर्घटना: मृतक तीन जनाको खुल्यो पहिचान

१५ जना घाइतेहरूको उद्धार गरी लुम्बिनी मेडिकल कलेज पठाइयो

खबर खुराक
१ फागुन २०८० २०:४६

पाल्पा दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये तीन जनाको पहिचान खुलेको छ।

स्थानीय शिक्षक प्रेम रानाका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका- ६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन्।

गाउँमा पाहुना बस्न गएकाहरू दुर्घटनामा परेकोले पहिचानमा समस्या भएको रानाले बताए।

म‌ंगलबार अपराह्न तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।

यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंले १५ जना घाइतेहरूको उद्धार गरी लुम्बिनी मेडिकल कलेज पठाइएको बताए।

घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया