शिक्षक सेवा आयोग

शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक

खबर खुराक
२ फागुन २०८० १७:१२

२ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको छ । आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो ।

आयोगले नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि १७६ रिक्त पदको लागि, गणित विषयको लागि १२८ रिक्त पदको लागि विज्ञापन गरेको छ ।

त्यस्तैगरी विज्ञान विषयको लागि १६३, सामाजिक विषयको लागि १२२, गणित विज्ञानको लागि ६५ पदको लागि, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञानको लागि १/१ जना र संस्कृत भाषाको लागि ५ जनाको लागि आयोगले आवेदन आह्वान गरेको छ ।

आयोगले सामान्य तर्फको लिखित परीक्षा आगामी ८ वैशाख सञ्चालन गर्ने जनाएको छ ।

 



प्रतिक्रिया